साल्ट ट्रेडिङको २५% बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साल्ट ट्रेडिङको २५% बोनस सेयरपछिको समाजोजित भाउ प्रतिकित्ता ६ हजार रुपैयाँ निर्धारण भएको छ ।
यहि मूल्यलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्य ७ हजार ५०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
साल्ट ट्रडिङले मंसिर ३० गते वार्षिक साधारण सभा गर्न सोमबार (मंसिर १५ गते) बुक क्लोज गरेको हो । सभामा २५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय, कालिमाटी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भिडियो कन्फ्रेन्स मार्फत सभा हुनेछ । सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।























