stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 चेपे खोला साना जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौँ । एनएमबि बैक लिमिटेडले आशुतोष इनर्जी प्रा.लि.द्धारा प्रवद्धधित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ ।                                                                                                                        ८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत एक अर्व पचास करोड रुपियाँ रहनेछ, जस मध्ये बैकको लगानी कुल एक अर्ब १२ करोड ५० लाख रुपियाँ हुने सम्झौता भएको हो । यससँगै एनएमबि बैक लिमिटेडको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।                                                                                        चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने समय २०७८ फागुन ९ गते भएता पनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।

prabhu mahalaxmi
kumari