stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एनआइसी एशियामा खाता खोल्दा २ लाख रुपैयाँसम्म फाइदा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । बैंकमा खाता खोल्दा ग्राहकलाई कुन बैंकले बढि सुविधा देला ? भन्ने खुल्दुली हुनु स्वाभाविक हो । आफ्नो बचतमा उच्चतम् ब्याजदरको अपेक्षा स्वाभाविक हो । यसरी सुविधा पाउनेमा एनआइसी एसिया बैंकका ग्राहक अगाडि देखिन्छन् ।  एनआइसी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न सुविधाहरू मार्फत ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउन सक्छन् ।

बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्यूनतम् ५० हजार रूपियाँदेखि दुई लाख १४ हजार रूपियाँसम्म फाइदा पाउने देखिन्छ । उक्त खाता खोल्ने ग्राहकले थुप्रै फाइदाहरूबाट लाभ लिँदै आएका छन् । जसमा बीमा सम्बन्धी तीन फाइदा, कर्जामा दुई र २५ वटा अन्य फाइदाहरू बैंकले अघि सारेको छ ।

ग्राहकले २१ लाख रूपियाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदाभन्दा बैंकको न्यू चमत्कारिक खाता अन्तर्गत गर्दा करिब १४ हजार रूपियाँ बराबर फाइदा देखिन्छ । एनआइसी एसियाले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपियाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपियाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपियाँसम्मको बीमा सुविधा र एक लाख रूपियाँसम्मको औषधि उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउछन् ।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपियाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपियाँँसम्मको हकदार ग्राहक हुन्छन् । नेपालको बैंकिङ क्षेत्र मध्ये अत्याधिक फाइदाले भरिएको बीमा सुविधाले ग्राहकहरूको मन जितिरहेको बैंकको भनाई छ । यो सँगै खुद्रा कर्जा प्रवाह गर्दा दुई फाइदाहरू देखिन्छन ।

खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपियाँको कर्जा उपयोग गरे भने उसलाई करिब एक लाख १३ हजार रूपियाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने देखिन्छ ।

यस बाहेक विभिन्न खालका निःशुल्क योजनाहरू जस्तै डेबिट, क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनै पनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निःशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निःशुल्क, निःशुल्क होम बैंकिङ, स्वीप इन–स्वीप आउट जस्ता २५ सुविधाबाट ग्राहकलाई ८७ हजार रूपियाँसम्मको फाइदा हुने देखिन्छ ।

स्वीप इन–स्वीप आउट सुविधा बचत खाताहरू मार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलो पटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा पनि ल्याएको छ । यो एक विशेष किसिमको सुविधा भएको बैंकको भनाई छ । न्यू सुपर चमत्कारिक बचत खातामा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्न सकिन्छ ।

यदि ग्राहकले बचत रकममा उच्चतम् ब्याज आम्दानी गर्ने बाटो खोज्छन् भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा दुई लाख रूपियाँ भन्दा बढी रकमलाई १० हजार रूपियाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेको ग्राहकले मुद्दती खातामा जाने वित्तिकै ९.७५ प्रतिशतसम्मको ब्याज पाउँछन ।

देशभर ३१९ शाखा, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा दिइरहेको एनआइसी एसिया देशकै सर्वाधिक ठूलो वित्तीय सञ्जाल भएको बैंक हो ।

prabhu mahalaxmi
kumari