stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेस्सी विनै बार्सिलोनाको सानदार जित, २ खेल बाकी हुँदै नकआउट चरणमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी,  । कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई उसैको मैदानमा ४–० गोल अन्तरले पराजित गरेको हो ।

यो बार्सिलोनाले लगातार चौथो जित हो । यस जितसँगै बार्सिलोनाले नकआउट चरणमा स्थान पक्का गरेको छ । सन् २०१६ यता समूह चरणमा अपराजित रहेको बार्सिलोनाले पछिल्लो २३ खेलमा हार बेहोरेको छैन ।

Image

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे भने सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनले समान एक(एक गोल गरे । बार्सिलोनाले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५२ औं मिनेटमा सर्जिनोले गोल गर्दो बार्सोलोनालाई अग्रता दिलाएका थिए । उनले ब्रेथवेटको पासमा गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै ब्रेथवेट अग्रता दोब्बर बनाए । डेब्यु गरिरहेका डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले गोल गरेको थिए ।

Image

७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । ब्रेथवेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित पक्का गरे । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए ।

बार्सिलोना कप्तान मेस्सीसहित केही मुख्या खेलाडी विना नै मैदानमा उत्रिएको थियो । मुख्य डिफेन्डर जेरार्ड पिके घाइते छन् । अन्सु फाती र सर्जी रोवेर्टो लामो समयका लागि मैदान बाहिर छन् । त्यसैगरी, फ्रेन्च विंगर उसामान डेम्बेले पनि फिट छैनन् ।

यस जितसँगै बार्सिलोनाले २ खेल बाकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको छ । ४ खेलमा ४ जित सहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्टसको ९ अंक रहेको छ । किएभ र फेरेन्कभारोसको १–१ अंक छ ।

Image

prabhu mahalaxmi
kumari