stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेयमारको गोलमा पीएसजीको जित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । समूह चरणको चौथो खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १–० गोल अन्तरले हराएको हो ।

Image

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । नेयमारले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

जितसँगै पीएसजीलाई अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनेको छ । लिगमा चार खेल खेलेको पीएसजी ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

Image

पराजित लाइपजिगको पनि ६ अंक छ । लाइपजिगलाई अबका खेलहरुमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेशका लागि आफूलाई बलियो बनाउने मौका छ ।

Image

prabhu mahalaxmi
kumari