citizens life insurance long ad
stcnepal long ad

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५% बोनस सेयर दिने घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले कर तिर्न ०.२६% नगद लाभांश पनि दिने निर्णय गरेको छ ।

लाभांश प्रस्ताव मंसिर २६ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ । सभाका लागि रिडीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब १० करोड रुपैयाँबाट बढोत्तरी गरेर १ अर्ब १५ करोड बनाउने एजेन्डा पनि छ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

प्रबन्धपत्र वा नियमावली संशोधन वा परिमार्जन गर्नुपरेमा त्यसको सम्पूर्ण काम अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ ।

IME Life
kumari