citizens life insurance long ad
stcnepal long ad

एसबीआई बैंकको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसबीआई बैंकले ९.४७% लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६% बोनस र कर सहित ३४७% नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष बैंकले ६५ बोनस र १०.८४% नगद लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख हुनेछ ।

IME Life
kumari