stcnepal long ad
ime life insurance
national life
global ime bank long

फाइजर र बायोएनटेकको खोपलाई युरोपेली तथा अमेरिकी निकायले स्वीकृत दिने सम्भावना बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले स्वीकृत प्रदान गर्ने सम्भावना रहेको छ ।

खोपलाई अमेरिकी तथा युरोपेली निकायले मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने उत्पादकका प्रमुख कार्यकारीले बताएका छन् ।

रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै युरोपियन युनियनले पनि केही शर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।

अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९४।५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरि स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।

यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अनुमान गरिएको छ ।

IME Lifesidebar
kumari