citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय बिमा कम्पनीको नाफा घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५ करोड १७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा १५.१४% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले ६ करोड १० लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । बिमा कोषको आकार भने १ अर्ब ७७ करोड ३४ लाख ९६ हजार रुपैयाँबाट बढेर बढेर २ अर्ब २७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ । बिमा कोष २८.३३% ले बढेको हो ।

खुद बिमा शुल्क आर्जन ५ करोड ९९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लोे वर्ष यस इन्सुरेन्सले ८ करोड ३१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको रिजर्भ कोषमा २ अर्ब ९९ करोड ४२ लाख ४३ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १ हजार २२२ रुपैयाँ ९६ पैसा छ ।

IME Life
kumari