citizens life insurance long ad
stcnepal long ad

फ्रान्सको पोर्चुगलमाथि संघर्षपूर्ण जित, उपाधि होडबाट बाहिरियो पोर्चुगल

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । युईएफए अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सले पोर्चुगलमाथि संघर्षपूर्ण जित निकालेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको खेलमा फ्रान्सले पोर्चुगलमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

पाहुना टोली फ्रान्सलाई संघर्षपूर्ण जित दिलाउनको लागि एनगोलो कान्टेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल फ्रन्सले जित्यो ।

यस नतिजाले फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले भने उपाधि रक्षा गर्न नपाउने पक्का भएको छ । पोर्चुगलले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ । समान अंक हुँदा हेड टु हेड लागु हुने भएपछि फ्रान्स अनि अंक तालिकाको शीर्षस्थानमा रहने पक्का भएको हो ।

गएराति नै भएको समूह सी कै अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २–१ ले पराजित गर्‍यो। स्वीडेनको जितमा डेजन कुलुसेभ्स्कीले ३६ औं मिनेट र मार्कस ड्यानियलसन्ले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए। त्यस्तै खेलको ८१ औं मिनेटमा ड्यानियलसन्ले नै आत्मघाती गोल गर्न पुगेका थिए ।

यो सँगै समूह सी को शीर्षस्थानमा ५ खेलबाट १३ अंक जोडेको फ्रान्स छ । त्यस्तै दोस्रो स्थानमा १० अंक बनाएको पोर्चुगल छ भने तेस्रो र चौथो स्थानमा समान ३ अंक बनाएका क्रोएसिया र स्वीडेन छन्।

IME Life
kumari