citizens life insurance long ad
stcnepal long ad

इन्भेष्टमेन्ट बैंकको नाफा खुम्चिंदा इपीएसमा पनि प्रभाव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचक प्रभावित भएको छ । यसअवधिमा खुद नाफा २६.१२% ले घटेर ६२ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस बैंकले ८४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, वितरण योग्य नाफा पनि ५१.६०% ले घटेर २० करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा ४२ करोड ३७ लाख रुपैयाँ थियो । यसअवधिमा खुद ब्याज आम्दानी भने ६.९४% ले बढेर १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, बैंकको सञ्चालन नाफा ८४.०९% ले घटेर ८९ करोड ११ लाख रुपैयाँमा आएको छ । बैंकको खराब कर्जा २.८०% रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७४ पैसाले घटेर १७ रुपैयाँ ५१ पैसा ९वार्षिक० कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ३८ पैसा रहेको छ ।

IME Life
kumari