स्टान्डर्ड चार्टर्डको नाफा ३७,६८% ले घटे
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफासँगै अधिकांश प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ३७.६८% ले घटेर ४० करोड १३ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि २८.८७% ले घटेर ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा तल झरेको हो ।हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३४.३३% र ३७.७५% ले घटेको छ ।
बैंकको निक्षेप संकलन ८.३८% ले बढेर ८२ अर्ब २२ करोड ४३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी भने २.९३% ले घटेर ५० अर्ब १७ करोड ३८ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ ।
प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ १३ पैसा छ ।























