citizens life insurance long ad
stcnepal long ad

कति आवेदन पर्यो माउण्टेन इनर्जी नेपालको आइपीओमा ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउण्टेन इनर्जी नेपालको आइपीओमा ६२ करोड २५ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २ लाख ७८ हजार ६१६ जनाले ६२ लाख २५ हजार ४१० हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

माउण्टेन बुधबार कात्तिक २६ गतेबाट १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये २५ अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५५ अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सर्वसाधारणले मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

यसले जारी पुँजीको २०५ अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन खुला भएको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो ।

यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।

माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरण पत्रमा उल्लेख गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

यसमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी रहेको छ ।

IME Life
kumari