citizens life insurance long ad
stcnepal long ad

संयुक्तरुपमा शुभारम्भ गर्दै नेपालगञ्जमा एकीकृत जाँचचौकीेको निर्माण कार्य सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय वाणिज्य तथा उद्योग मन्त्रीश्री पियुषगोयल र नेपाली शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज एक अनलाइन समारोह मार्फत नेपालगञ्जस्थित एकीकृत जाँचचौकी (आइसीपी) को निर्माण शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकन गर्नुभयो ।

काठमाडौंबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सो समारोहको अवलोकन गर्नुभएको थियो ।

बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राई, नेपालगञ्जउप–महानगरपालिकाका मेयर डा. धवलशमशेर जङ्गबहादुर राणा र नेपालगञ्ज परियोजना साइटका प्रतिनिधिहरुको पनि सो कार्यक्रममा उपस्थिति रहेको
थियो ।

भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनील्याई दुई देशबीच मालबाहक सवारी साधनको आवत–जावतलाई व्यवस्थित गर्न भारत सरकारले भारत–नेपाल सीमाको दुवैतर्फ एकीकृत जाँचचौकीको निर्माण गरिरहेको छ ।

भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँचचौकीको क्रमसः सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी महिनामा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

उक्त एकीकृत जाँचचौकीको निर्माण कार्य समाप्त भए पश्चात, सो नवनिर्मित संरचनामा मालवाहक सवारी साधन तथा सार्वजनिक सवारी साधनको सहज आवात–जावतका लागि इम्पोर्ट एक्सपोर्ट हाण्डलिङ्ग सुविधाहरु जस्तै वेयर हाउजिङ्ग, रेफ्रिजरेटेड कार्गो सुविधा, औषधीय, बिरुवा तथा जनावर क्वारेन्टिन एरिया, सवारी चालक तथा यात्रुहरुका लागि सुविधा, सीसीटिभी र अन्य सुरक्षा उपकरण, सातै दिन चौबीसै घन्टा बिजुली ब्याकअप सुविधा, फोहोर पानी प्रशोधन सुविधा लगायतका सुविधाहरु हुने छन् ।

कार्गो हाण्डलिङ्गलाई व्यवस्थित ढङ्गले अघि बढाउन यी सुविधाहरुलाई अघि सारिएकोे हो । यी सुविधाहरुको प्रयोगले आगन्तुकहरुले बेहोर्दै आएको असुविधामा कमी आउनुका साथै समयको बचत पनि हुनेछ ।

समग्रमा अन्तरदेशीय व्यापार र वाणिज्यमा लाग्ने कारोबार लागत पनि घट्ने छ । यस परियोजनाको कार्यान्वयन राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ ।

यस परियोजनाको टेन्डर लागत भारु १४७.१२ करोड (नेरु २३५.४० करोड) र निर्माण अवधि दुई वर्ष रहेको छ । यो संरचना नेपालगञ्जउप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको ६१.५ हेक्टर जग्गामा निर्माण गरिने छ ।

रुपैडिहामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै किसिमको संरचना भारत तर्फ निर्माण गरिरहेको छ । यसै वर्षको मे महिनाबाट निर्माण कार्य सुरु गरिएको सो परियोजनाको १० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइ सकेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास विभागले नेपालगञ्जमा निर्माण हुन लागेको एकीकृत जाँचचौकीको निर्माण कार्यमा सघाउ पु¥याउने छ ।

निर्माण अवधिभर यस परियोजनाले स्थानीय रोजगारी सिर्जना गर्ने, प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई वृद्घि गर्ने र स्थानीय बजारबाट आवश्यक कच्चा पदार्थ तथा वस्तुहरुको आपूर्ति गर्ने अपेक्षा गरिएको छ । समग्रमा यस परियोजना अन्तर्गत निर्माण हुने संरचनाले अन्तरदेशीय व्यापार तथा आर्थिक गतिविधिहरुलाई प्रबद्र्घन गर्ने अपेक्षा गरिएको छ ।

‘छिमेक पहिलो’ नीति अनुरुप नेपालसँगको सीमा व्यापार तथा आर्थिक क्रियाकलापहरुलाई प्रबद्र्घन तथा सहजीकरण गर्न र कनेक्टिभिटिलाई बढावा दिन भारत सरकार प्रतिबद्ध छ ।

यसै सन्दर्भमा भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भारतको आर्थिक सहयोगमा नेपालको भैरहवामा चौथो एकीकृत जाँचचौकीको निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

हाल कार्यान्वयनको मोडालिटी र परियोजनाको कार्यान्वयन गर्ने निकायको विषय भने विचाराधीन अवस्थामा रहेको छ ।
पछिल्लो तीन वर्षमा व्यवस्थित तथा सुविधा सम्पन्न अन्तरदेशीय लजिस्टिक र पूर्वाधार संरचनाको निर्माणले कनेक्टिभिटिलाई अझ वृद्घि गर्ने र भारत नेपाल बीच बलियो र पारस्परिक लाभदायक व्यापार, आर्थिक गतिविधि तथा जनता–जनताबीचको व्यापारिक सम्बन्धलाई अनुभूति गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

IME Life
kumari