यस वर्ष तिहारमा देउसीभैलो नखेल्न काठमाडौं प्रशासनको आग्रह, खेले कारवाही हुने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व मनाउँदा अनावश्यक रुपमा जमघट नहुन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै काठमाडौं प्रशासनले देउसी–भैलो लगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको हो । यस्तै, समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी साथै पटका पड्काउने कार्य नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।
कानूनले वर्जित गरेका तथा नगन र नगराउनु भनी निर्देशन दिएका क्रियाकलाप भए्गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै, मानिसको आवतजावत र भिडभाडले कोरोना संक्रमणको जोखिम थप बढ्न सक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदन्डको अनिवार्यरुपमा पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।























