citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको आइपीओ सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्जमा सानिमा जनरल इन्स्योरेन्सको आईपीओ मंगलवार सूचीकृत भएको छ । उक्त इन्स्योरेन्सको एक करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

मंगलवार उक्त सानिमा जनरल इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच शेयर सूचीकरण सम्झौता सम्पन्न भएसँगै उक्त कम्पनीको शेयर कारोबार दोश्रो बजारमा भोली बुधवारबाट हुने भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १ सय ३ दशमलव ७३ देखि अधिकतम ३ सय ११ दशमलव १९ तोकेको छ ।
कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ भने कम्पनीको शेयर कारोबार गर्न एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।

IME Life
kumari