citizens life insurance long ad
stcnepal long ad

हुण्डीको एक करोड रुपैयाँ सहित ३ जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  काठमाडौंको ओमबहालबाट एक करोड हुन्डी रकम सहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

विकास र कमल दाजुभाइ हुन् । उनीहरूको ओमबहालमा मोबाइलका पार्ट्सको पसल रहेको छ । उक्त पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ८ सय अमेरिकी डलर बरामद गरिएको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हुण्डी मार्फत गरिने कारोवार अबैध मानिन्छ । बैधानिक प्रक्रियावाट पैसा नपठाएर कर छल्ने र विचमा बसेर कमिसन खानेलाई कानून अनुसार कारवाही अघि बढाइने प्रहरीको भनाइ रहेको छ ।

IME Life
kumari