मंसिर ५ गते बीओके क्यापिटलको एजीएम
काठमाडौं । आगामी मंसिर ५ गते बीओके क्यापिटलको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभामा कम्पनीले चुक्ता पुँजीको ४.५% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्नेछ ।
नगद लाभांश प्रयोजनका लागि क्यापिटलले ९५ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुने छ ।
आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । उक्त वार्षिक साधारण सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा विद्युतीय माध्यमबाट दिउँसो १ बजे पछि सुरु हुनेछ ।


























