stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आगामी कात्तिक २८ गते सानिमा बैंकले वार्षिक साधारणसभा आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी कात्तिक २८ गते सानिमा बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले उक्त साधारणसभाका लागि शुक्रबार बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा डाकेको हो ।

बैंकको संचालक समितिको गत कात्तिक ६ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान सम्बन्धी निर्णय गरेको हो ।

वार्षिक साधारणसभामा संचालक समितिले गरेको प्रस्ताव अनुसार १० प्रतिशत बोनस सेयर र चुक्तापूँजीको ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरणको विषय विशेष प्रस्तावको रुपमा प्रस्तुत गर्ने भएको छ ।

उक्त साधारणसभाले २०७६/ ०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, चालु आर्थिक बर्षको असार मसान्तको वासलात तथा आ.ब. २०७६/०७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने भएको छ ।

बैंकले हालको अधिकृत पूँजी ९ अर्बलाई बढाएर १२ अर्ब पुर्याउने, बोनस सेयर वितरणपछि हाल जारी तथा चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ लार्ई वृद्धि गरी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ पुर्याउने एजेण्डा समेत साधारणसभामा पेश गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि बैंकले आगामी कात्तिक १७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको बोनस तथा नगद लाभांस आगामी आइतबारसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

prabhu mahalaxmi
kumari