stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 बैंक तथा बीमा कम्पनीहरुका सबै शाखाहरु आजदेखि खुल्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि दशैंमा बन्द भएका सबै बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ने भएका छन् । नेपाल बैंकर्स संघले बैंकका सबै शाखा कार्यालयहरु आजबाट खुल्ने जनाएको छ ।

यसअघि दशैंमा समेत बैंकिङ सेवा बन्द नगरेका बैकहरुले यस पटक कोरोना भाइरसको महामारीका बीचमा सेवा प्रवाह गर्न नसकिने भएपछि गत  शुक्रबारदेखि  नै देशैभरिका सबै बैंकका शाखाहरु बन्द गरेका थिए ।

दशैंमा सेवा प्रवाह रोकिँदा धेरैका कारोबार रोकिन पुगेकोमा आजदेखि सबै  सबै सुचारु हुने जनाइएको छ । बैंकर्स संघले सूचना निकालेर दशैंको समयमा बैंकका शाखा कार्यालय सुचारु नहुने हुँदा डिजिटल कारोबार गर्न सुझाव दिएको थियो ।

उता, पाँच दिन लामो बिदा सकिएपछि आजदेखि बीमा कम्पनीका सबै शाखा कार्यालयहरु पनि खुल्ला हुँदैछन् । नेपाल बीमक संघका अनुसार आजदेखि सम्भव भएका शाखा कार्यालयहरु खुल्ला गरी सेवा प्रवाह सुचारु हुनेछन् । त्यस्तै जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु पनि आजैदेखि सुचारु हुनेछन् ।

जीवन बीमा कम्पनीहरुले दशैंमा हुने बीमा गतिविधिलाई उच्च प्राथमिकता राख्दै शाखा कार्यालयहरु आजैदेखि सुचारु हुने जनाएका छन् ।

prabhu mahalaxmi
kumari