stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेलले घटायो अफ नेट र अन नेट कलको शुल्क

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेल आजियाटाले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कलको शुल्क घटाएको छ । कम्पनीले कार्तिक ५ बुधबारबाट उक्त अफरमा आकर्षक सुविधा थपेको छ ।

यससँगै एनसेलका प्रिपेड ग्राहकले यो चाडपर्वको अवसरमा एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको छ ।

जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र रु १।२८ मा कुरा गर्न सक्छन् ।अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा रु २.५४ प्रति मिनेट शुल्क लाग्दछ ।

यसका साथै एनसेलले यही योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र रु ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान रु २.५४ प्रति मिनेट शुल्क लाग्दछ ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् ।

७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र रु ९५.७७ मा ७०० मिनेट अन नेट टक टाइम ९७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ० प्राप्त गर्दछन् । त्यस्तै गाहकले मात्र रु १९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु ३८१.७९ मा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन् ।

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् ।

जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।

चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहित अन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ ।

आकर्षक भ्वाइस प्याकमा अझै बढि सेवा सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदानप्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

आफ्नो थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

prabhu mahalaxmi
kumari