रुपन्देहीको मणिग्राममा पोखरा फाइनान्सले खोल्यो नयाँ शाखा
काठमाडौं । पोखरा फाइनान्सले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यो २२ औं शाखा हो । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले ग्राहक सेवा विस्तारका निमित्त विभिन्न जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गर्ने कार्य अघि बढाएको छ ।
यस शाखा मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोबाइल बैंकिङ, सीआस्वा, आइपीएस, चेक क्लिअरिङ, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिने पोखरा फाइनान्सका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।
चुक्ता पुँजी ९१.७२ करोड रहेको यस वित्तीय संस्थाले हालसम्म निक्षेप ८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ७ अर्व २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको जगेडा कोषमा ३१.५१९ करोड रुपैयाँ रहेको छ ।
























