stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोनाको औषधि फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल हुने भएको छ ।

नेपाली औषधि कम्पनीले मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायलको प्रक्रिया अगाडि बढ्ने भएको हो ।

देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ‘फाभिर–२००’ को ट्रायल सुरु गर्न लागेको हो। फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्न लागेको बताएको छ ।

अबको एकदुई दिनमा क्लिनिकल ट्रायल सुरु गर्ने परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले बताएका छन्।

prabhu mahalaxmi
kumari