रेमिट्यान्स आप्रवाह ८% ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ८.१% ले बढेको छ । भदौसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६% ले बढेर १ अर्ब ३९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १।६५ ले घटेको थियो ।

























