stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अवैध लागूऔषध सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुनसरी, कोशी गाउँपालिका–१ पुरी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध ३५ बोतल डाइलेक्स डिसी, १ हजार ८० क्याप्सुल स्पास्मो प्रोक्सभोन प्लस सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–५ बस्ने ३८ वर्षीय अशोक यादव र भारत घर भएका २२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले को.१७ प २८१९ नम्बरको मोटरसाईकललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक अशोक र मोटरसाइकलमा सवार सन्तोषलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक कारवाही प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

prabhu mahalaxmi
kumari