stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआइसी एसिया बैंकले १९% बोनस सेयर दिने, कर तिर्न १% नगद पनि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकले २०% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद गरी कुल २०% लाभांश दिने भएको निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

अघिल्लो वर्ष बैंकले १०% बोनस सेयर र ११.०५% नगद लाभांश दिएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा एनआइसी एसियाले ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari