stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रबाट लागूः शिक्षा मन्त्रालय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी सबै विद्यालयमा कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट पारेको हो ।

यस्तै, ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरुबाट आएकाले नयाँ पाठ्यक्रम अनुसार नै विद्यार्थीको मूल्यांकन गरिने उल्लेख गरिएको छ ।

मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ ।

prabhu mahalaxmi
kumari