अनिश्चितकालका लागि तेक्वान्दो सङ्घको केन्द्रीय कार्यालयको सचिवालय बन्द
काठमाडौं । नेपाल तेक्वान्दो सङ्घको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरिएको सङ्घले जनाएको छ ।
सङ्घले एक प्रेस विज्ञप्ति निकालेर सचिवालय अन्तर्गत रहेका सेवाहरु इमेल वा फोनबाट लिन सकिने जनाएको छ ।

























