सिटिजन लाइफ चौथो बार्षिकोत्सव मनाउँदै, नयाँ मस्कट सार्वजनिक
काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्सले आज चौथो बार्षिकोत्सव मनाउँदैछ । कोरोना महामारीका बीचमा कम्पनीले आज आइतबार चौथो बार्षिकोत्सव मनाएको हो ।
कम्पनीले चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीको लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ । आगामी दिनमा सिटिजल लाईफ इन्स्योरेन्सले सोही मस्कटलाई ब्राण्ड बनाएर जीवन बीमाको प्रचार प्रसार गर्ने ब्राण्डिङ हेड शोभना सापकोटाले जानकारी दिईन् ।
कम्पनीका सिईओ पोषक पौडेलले चौथौै बार्षित्वसको अवसरमा यस स्थानसम्म आईपुग्न सहयोग गर्ने बीमा समिति, बीमित, अभिकर्ता, कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
स्थापना तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा बीमामा जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, दीर्घकालिन रुपमा बीमा व्यवसायमा ध्यान दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले आज बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’
दशैंको पूर्वसन्ध्यामा परेको बार्षिकोत्सवको अवसरमा कम्पनीले राष्ट्रिय पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।





























