stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको अवैध जडिबुटी यार्चागुम्बा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

दार्चुला । महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।
बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

prabhu mahalaxmi
kumari