stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशी लागेको बताउनुभयो ।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

prabhu mahalaxmi
kumari