stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनआईसी एशियाको मोबाइल बैंकिङ्गको प्रत्येक कारोबारबाट रु. १ कोरोना प्रभावितलाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा सेलिब्रेट फर कज सामाजिक उत्तरदायित्व योजना ल्याएको छ । यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्ग एनआइसी एसिया मोबैंकबाट क्यु आर, युटिलिटी, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गर्ने जनाएको छ ।

ग्राहकहरूले चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता क्यास ब्याक योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन सेलिब्रेट फर कज योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको जनाएको छ ।

बैंकको अनुसार करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्नुहुने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ ।

कोभिड १९ को महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियान मार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका वृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari