stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सनराइज बैंक चाडवाड विशेष योजनाः २० जनालाई स्मार्टफोन, पहिलो मोबाइल टपअपमा १०० क्यास ब्याक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एकरएक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु। १०० क्यास ब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।

prabhu mahalaxmi
kumari