जात, ईसाई लगानी र अभिनेता
–भीम उपाध्याय
राजेश हमालको एक पेशेवर अभिनेता हुन् । उनी कायर्क्रम प्रस्तोता पनि हुने गर्छन्, मोडेलिङ पर्ने गर्छन् । यी सबै उनको पेशा हो, जिविकार्जनको मेसो हो । सबैले गरेरै खाने हो। उनले पनि अरूले जसरी आफ्नो काम गरेर खाएका छन् । हामीले पैसा तिरेर मनोरंजन बदलामा पाएका छौँ । उनको अभिनय लाखौँलाई मन पर्छ । जनताले उनको कार्यक्रम हेरेर मान सम्मान दिएका छन् । हाम्रो नाता एक कलाकार र दर्शकको मात्र हो। उनको जिवन समाज सेवा, समाज परिवर्तनका अभियान वा अन्य समाज परिवर्तनमा आफै लागेका पाटाहरू केही छन् कि छैनन् त्यो चर्चामा त्यति आएको देखिदैन।
अहिले विवादास्पद चर्चा उनबाट प्रस्तुत गराईएको जातको प्रश्न टिभी कार्यक्रम बन्न पुगेको छ। उनले त्यसमा काम गरेका हुन्, करार गरेर पैसा लिएका हुन्, अभिनय गरेका छन् र त्यो अभिनयले मनोरंजन पनि दिएको होला ।
तर प्रश्न मनोरंजनमा हैन, विषय, प्रायोजन र प्रस्तोताप्रतिको उच्च सम्मान दाउँमा लागेकोमा देखिन्छ।
जात के होरु कार्यक्रममा लगानी कसकोरु प्रस्तुतिमा उनले रोजगार गरेका हुन् कि उनले विश्वास वा मिशन होरु यसमा चर्चा गरिनुपर्ने देखिन्छ। त्यो उनले राम्ररी बुझेर गरेका हुन् कि प्रायोजकका लागि रोल खेलिदिएका हुन्रु यसको उत्तर उनका शुभचिन्तकहरूले खोजिरहेका पनि देखिन्छन्।
रामायणमा सिताको भूमिका खेल्ने अभिनेत्रीलाई कतै कुनै पार्टीमा लगाएको भड्किलो देखिने लुगामा देखेर उनलाई सिता माता ठान्नेहरूले नै खेदो गरेका थिए।
अभिनय भनेको नाटकमा भूमिका खेलेको हो, रियल हैन भन्ने नबुझ्नेको हुन्छन् ररु तर पनि मानिसले कसैलाई कसरी आदर्श मानेर मनमा गढ्दो रहेछ , सीताको भूमिका गर्ने अभिनेत्रीले भोग्नु परेको थियो। पेट पाल्न गरेको कामलाई आदर्श मान्न थाल्यो भने त्यसले समाजमा नैतिक समस्या खडागरिदिन्छ भन्ने यो एक नमूना हो।
राजेश हमाल प्रतिको अहिले देखिएको विरोध वा आक्रोशको कारण समता फाउण्डेशन र क्रिष्चियन एड नेपालको लगानीमा संचालित जातलाई उछालेर समाजमा बैमनश्यता थप्ने कार्यक्रम संचालन गर्यो भन्ने आरोप रहेको बुझिन्छ। जात, लगानी र प्रस्तोताको इमेज–यसमा विवाद उठ्यो।
सनातन हिन्दू शास्त्रीय पद्दतिमा जात भन्ने हुदैन, वर्ण ब्यवस्था हुन्छ। वर्ण भनेको जात हैन, पेशाको वर्ग हो।
समाजमा ब्राह्मण भनेको पढ्ने पढाउने, अध्यात्म चिन्तन गर्ने, बैज्ञानिक खोज गर्ने समूह हो जसले बौद्धिक काम गर्छ।
क्षत्रीय भनेको राजकाज, प्रशासन, मुलुकको रक्षा, शान्ति सुरक्षा, अमनचय कायम गर्ने वर्ग हो। वैश्य भनेको ब्यापार गर्ने, उद्योग चलाउने, वितरण गर्ने, गाउँगाउं घुमेर, लामो यात्रा गरेर उपभोक्ता र उत्पादकबीचको सेतुको काम गर्ने वर्ग हो।
शुद्र भनेको शारीरिक परिश्रम गर्ने, खेति गर्ने, औजार बनाउने, कलात्मक चिजहरू बनाउने वर्ग हो। समाजमा यी चारै वर्ण आफ्नो पेशामा आधारित हुन्। कसैलाई अर्को पेशा गर्न मन भए, गर्न जानेको भए गर्न पाउने स्वतन्त्रता छ र थियो।
विश्वमा अहिले पनि यिनै ४ वर्ण छन्।
तर, यहॉ कतै कुनै जातपातको प्रश्न नै थिएन र अहिले पनि छैन। कार्यक्रममा जातको प्रश्नको प्रश्न रहनु नै अर्थहिन हो।
सनातन पद्दतिमा सबै वर्णलाई समाजमा महत्व दिईएको छ। जातको कुनै कुरै थिएन र छैन। काम आफ्नो रूचिअनुसार गर्न पाईन्थ्यो र अहिले पनि पाईन्छ।
जात के होरु यो प्रश्न नै हैन। जात पहिचान हो । सबै आफ्नो पहिचानका लागि संघर्ष गरिरहेका हुन्छन्। जातमा कसैले प्रश्न गर्ने विषय नै हैन। जे जे छ छ, त्यही उसको समाज नाताकुटुम्ब र वंशको पहिचान हो, आत्मसम्मान हो। सबै जातमा अनेक उपजात रहेको पाईन्छन्। त्यो पहिचानकै खोज हो। पहाडी जनजातिमा झन् धेरै उपजात पाईन्छन्।
दलितमा सयभन्दा बढी थर वा टाईटल वा उपजात पाईन्छन्। नेवारी समुदायमा सयौँ जातीय पहिचानका थरहरू छन्। के यी समस्या हुन् रु ठाउँ, पूर्खा, जराको खोज मानवजातिका अध्यात्मिक खोज हुन्, बौद्धिक हैन।
कोही पनि पहिचान बिहीन भएर समाजमा रहन चाहन्न, खोज्दैन। आफ्नो पहिचानको जगेर्ना आफैले गर्ने हो। हिन्दू वर्ण ब्यवस्थामा गोत्र प्रणाली हुन्छ। चारै वर्णमा उही गोत्र हुन्छन्। गोत्र हाम्रा सुरूवाती पुर्खा को थिए भन्ने पहिचान हो।
जातको प्रश्न पराया परिभाषा वा ब्याख्या हो।
हाम्रो सभ्य, सुब्यवस्थित, समृद्ध समाजलाई होडल्ने दुष्प्रयास हो। पहिचान छाड्न सकिन्न अर्थात जात त्याग्न सकिन्न। आफ्नो पहिचानमा गर्व गर्ने कसरीरु त्यसमा सोचिन्छ। म म हुनुमा नै गर्व छ। यसको सम्बर्धन प्रमूख कुरा हो र हुनुपर्छ।
हामीलाई हाम्रो पहिचान सिकाउन के पराया धर्म प्रचारक संस्था र तिनको पैसा लिनैपर्ने भएको होरु इसाई मिशिनरी समता फाण्डेशन र क्रिष्चियन एडको पाउ मल्न परेको किन ?
राजेशलाई राजेश बनाएर यत्रो सम्मान दिएको जनताले हो कि हिन्दू मास्न जन्मेका पराया धर्म प्रचारकले होरु राजेशले यी सबै बुझेर गरेका हुन् कि पेशा मात्र गरेका वा नाटक खेलेका हुन्रु भारतमा करिब २०० वर्ष ईसाइ बेलायतले शासन गरेको थियो तर त्यहॉ इसाईहरूको संख्या अहिले अल्पसंख्यक छ, २५ पनि छैन।
किन सबैलाई ईसाइ बनाउन सकेन रु नेपालसंग लडाई लडेको अंग्रेजले नेपाललाई किन ईसाई देश बनाउन सकेन ? भारतमा इस्लामले ६०० वर्ष शासन गरेको थियो तर किन अरू देशहरूलाई जसरी ईस्लाम मुलुक बनाउन सकेन ? बुद्धिज्मले जरा गाडेको भनेको त्यसबेलाको भारत र नेपालमा बुद्ध धर्म किन अहिले लखेटिए जस्तो हुन पुग्योरु यी चिन्तनीय सवाल हुन्। सनातन हिन्दू धर्मको जग चट्टानमा छ।
यो १० रेक्टरका हजारौँ भुकम्पमा पनि हल्लिएन र हल्लिने छैन। झन् झन् बलियो हुदैछ। कमजोर त बिदेशमा ईसाईहरू घट्दै गएर हुदैछन्। नेपालमा ईसाईकरणले पहाडी जनजाति र बौद्धमार्गीहरू विलाउदै गएका छन्।
अहिलेसम्म हिन्दू समाजको छत्रछाया र दह्रो संरक्षणमा ढुक्कसंग रहन पाएकाले तिनको पहिचान र अस्तित्व आजसम्म कायम रहदै आएको हो।
खतरा हिन्दुमा हैन, पहाडी जनजाती र दलित समुदायमा छ, तिनका आस्था, धर्म र पहिचानमा झन् खतरा बढ्दै छ। वि.स. २०२०मा लागू भएको नया मुलुकी ऐनले छुवाछुत प्रथा हटाएको हो।






















