citizens life insurance long ad
stcnepal long ad

युक्रेनमाथि फ्रान्सको ७–१ को शानदार जित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सले पराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले युक्रेनलाई ७–१ गोलको अन्तरले पराजित गर्यो ।

घरेलु मैदानमा खेलमा फ्रान्सलाई फराकिलो जित दिलाउन ओलिभर जिरुउडले दुई गोल गर्न सफल भए । त्यस्तै इडुआर्डो कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एक गोल फ्रान्सले आत्मघाती उपहार पाएको थियो । उता युक्रेनका भिक्टोरले एक गोल फर्काए ।

खेलको पहिलो हाफमा ४ गोल गरेको फ्रान्सले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । सेसन्स लिगको तेस्रो र चौथो चरणको खेल खेल्न लागेको फ्रान्सले खेलअघि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो ।

नेसन्स लिगमा समूह ‘ए’ को ३ मा रहेको फ्रान्सले पोर्चुगलसँग १२ अक्टोवरमा तथा १५ अक्टोवरमा क्रोएसियासँग खेल्ने तालिका छ । समूहमा पोर्चुगल ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ६ अंक भए पनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा छ ।

IME Life
kumari