माछापुच्छ्रे बैंकको लाभांश सुक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । माछापुच्छ्रे बैंकको १०.४०% लाभांश सुक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन हो । कात्तिक ६ गते वार्षिक साधारण सभा डाकेको बैंकले बिहीबार असोज २२ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले लाभांश सुक्षित गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित ) वितरण गर्दैछ ।
बैंकको २२ औं सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।
























