stcnepal long ad
ime life insurance
national life
global ime bank long

तीन घण्टाभित्रै रिपोर्ट आउने आधुनिक पीसीआर परिक्षण मेसिनसहितको ल्याव संचालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पर्सा । पर्सामा परीक्षण गरेको ३ घण्टाभित्रै रिपोर्ट आउने आधुनिक पीसीआर परिक्षण मेसिन सहितको ल्याव संचालनमा ल्याइएको छ । पर्सामा पछिल्लो समय फेरि संक्रमितको संख्या बढिरहेकोले नयाँ परिक्षण मेशिन संचालनमा ल्याइएको हो ।

नयाँ परीक्षण मेशिन संचालनसँगै परीक्षण रिपोर्टको लागि समय कुर्नु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । नयाँ पीसीआर परिक्षण मेशिन सहितको ल्याव संचालनको एक समारोहको बीच बीरगंजमा उदघाटन गरिएको छ ।

त्यसबखत पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले नयाँ मेशिन संचालनमा आएसँग थुप्रै सहजता थपिएको बताउनु भयो । नयाँ मेशिन सहितको ल्याव संचालनमा आएपछि पिसिआर परिक्षण र रिपोर्टको लागि सर्वसाधारणले बेहोरी रहेको समस्या कम हुने नेशनल मेडिकल कलेजका निर्देदशक डा. प्रमोद सरार्फले बताउनु भयो ।

नेशनल मेडिकल कलेज अन्तर्गत वीरगञ्जको नगवामा संचालित अस्थायी कोरोना अस्पतालको लागि नयाँ परिक्षण मेशिन सहितको ल्याव संचालनमा ल्याइएको हो ।

IME Lifesidebar
kumari