माछापुच्छ्रे बैंकको २०–२० स्मार्ट योजना
काठमाडौं । स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ ।
चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो ।
उक्त अफर योजना अन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नु हुनेछ ।
माछापुच्छ्रे बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधि भर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टा छुट्टै कारोबार गर्नु पर्नेछ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त२०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पिओएस (POS Machine) मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।























