stcnepal long ad
global ime bank long

अवैध लागूऔषध अफिम सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रोल्पा । सुनिलस्मृति गाउँपालिका–२ खुङग्रीस्थित सडकबाट करिब ८ किलो ३ सय ग्राम अवैध लागूऔषध अफिम सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुकुम भूमे गाउँपालिका(४ बस्ने ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँ बस्ने ३० वर्षीया निसा पुन, दाङ हारपुरका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका(९ चिसापानी बस्ने ३३ वर्षीय मोतिलाल परियार र दाङ घोराही उपमहानगरपालिका(४ राप्ती टोल बस्ने रोल्पा सुनछहारी गाउँपालिका–१ सेराम घर भएका ३५ वर्षीय याम बहादुर घर्ती मगर रहेका छ्न् ।

सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा।१५ च ३७७६ नम्बरको स्कारपियो गाडीमा ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी स्कारपियो चालक याम बहादुर सहित उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari