citizens life insurance long ad
stcnepal long ad

 माछापुच्छ्रे बैंकको कात्तिक ६ गते वार्षिक साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी कात्तिक ६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको २२ औं सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा पनि रहेको छ । सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको छ ।

असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

IME Life
kumari