citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकले ७.७५% ब्याजदरमा शेयर कर्जा उपलब्ध गराउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर धितो कर्जा दिने बताएको छ । आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । हालसम्म बैंकले देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

IME Life
kumari