stcnepal long ad
nabil bank
macchha(MBL)

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले COVID-19 महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहक महानुभावहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहक महानुभावहरुका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ ।

बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नु भएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको र यसरी ग्राहक महानुभावहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्तसम्मको यस डेभलपमेन्ट बैंकको आधार दर (Base Rate) भन्दा कम नहुने गरी छुट दिईने बैंककले जानकारी गराएको छ ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने व्यहोरा समेत जानकारी गराएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।

prabhu mahalaxmi
kumari