सिराहा गोलबजारमा महालक्ष्मी विकास बैंक लि. को नयाँशाखा
काठमाडौं । महालक्ष्म विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
यसै क्रममा बैंकले २०७७ आश्विन ९ गते शुक्रबारदेखि सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँशाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्तशाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउनबैंकसदा प्रयासरत रहेको छ ।























