citizens life insurance long ad
stcnepal long ad

हप्तामा २ दिन बिदा दिइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले कोरोना कहरको महामारीबाट ध्वस्त भएको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिन आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई हप्तामा दुई दिन विदा दिने व्यवस्था गर्न सरकारमा सिफारिस गर्ने बताएका छन ।

मन्त्री भट्टराईको यस्तो अभिव्यक्ति पछि यसका पक्ष विपक्षमा छलफल हुन थालेको छ। सातामा २ दिन बिदा दिंदा लाभान्वित हुने बर्ग निजामति, संस्थान, बैंक अन्य सरकारी निकायका कर्मचारी मात्र हुन ।

सरकारी कर्मचारीलाई कहिं कतै निजि कामले जानु पर्यो भने सरकारी काज मिलाई प्लेन चढेर टिएडिए लिएर गएका छन ।

अड्डाहरूमा काज भ्रमण स्वीकृति गराई, अफिसमा हाजिर नगरी अफिसमै काम गरेर बस्ने, टिएडिए लिने सहायक स्तरका कर्मचारीमा ब्यापक फस्टाएको छ ।  २ दिन बिदाले राष्ट्रको समष्टी कृयाकलापमा धेरै घाटा हुनेछ ।

सार्वजनिक बिदा धेरै दिने देश नेपाल हो ।  दुनियांदारको अड्डा अदालतको काममा असर गर्छ, खर्चिलो बनाउंछ, समयमा काम हुन नसकेको कारणबाट रोकिनु पर्दा जनताको लागत खर्च बढेको घुस खुवाएर काम गराउनु परेको जनगुनासो सुनिदै आएको छ।

पहिला २ पटक प्रयोग गरी असफल भैसकेको हप्तामा २ दिन बिदा दिने चलनअहिले फेरि काम चोर र अल्छी,भष्ट कर्मचारीको सल्लाहमा मन्त्री भट्टराईले कार्यान्वयन गर्न खोज्नु नेपाल जस्तो देशका लागि दुर्भाग्य मान्नु पर्दछ ।
कोराना परिक्षण गर्न पैसा खर्च गर्न नसक्ने सरकारले आन्तरीक पर्यटन प्रबर्धन गर्न  सरकारी कर्मचारी लाई बिदा र टिएडिए दिई घुमफिर गराउने र हप्तामा २ दिन बिदा दिने कुरा कसरी मनासिब होला रु सर्वत्र प्रश्न उठन थालेको छ।

IME Life
kumari