citizens life insurance long ad
stcnepal long ad

असोज १३ बाट गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । असोज १३ गतेदेखि गुराँस लाइफ इन्स्योरेन्सले  ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले २०७७ असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयमा अवेदन नपरेको सेयर लिलामीमा ल्याउन लागिएको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेड लिएको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइने छ ।

IME Life
kumari