stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

असोज १९ गते प्रभु लाइफको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी असोज १९ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय गरेको हो । उक्त सभा काठमाडौँ म्यारियट होटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोकिने लगायतका एजेण्डा रहेको छ ।

कम्पनीले हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई  विशेष सुरक्षा अपनाउन आग्रह समेत गरेको छ ।

prabhu mahalaxmi
kumari