stcnepal long ad
nabil bank
macchha(MBL)

राष्ट्र बैंक नै ‘कन्फ्यूज’ दशैंमा नयाँ नोट वितरण होला कि नहोला,

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ । कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो दशैंमा रमझम नहुने पक्का छ, त्यसैले राष्ट्र बैँकले पनि नयाँ नोट वितरणको बारेमा निर्णय गर्न सकेको छैन । नयाँ नोट वितरण गर्दा भीडभाड हुन सक्ने भएकाले नोट वितरण नै नहुन सक्ने सम्भावना पनि छ ।

‘दशैंमा थप रौनक थप्नको लागि नयाँ नोट बजारमा पठाउने चलन हो, तर यसपटक रौनक बढाउने भन्दा पनि कम गर्नुपर्ने बाध्यता रहेको छ, त्यसैले हामी नै कन्फ्यूजमा छौँ, नयाँ नोटबारे निर्णय भएको छैन ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले  भन्नुभयो ।

नयाँ नोट बजारमा पठाउँना साथ नागरिक लाइन लाग्ने सम्भावना रहेकाले नोट पठाउनु पनि जोखिम नै रहेको कार्यकारी निर्देशक भट्टको भनाइ छ । ‘हामीले जानी(जानी जोखिम बढाउन मिल्दैन, जोखिम बढ्ने देखियो भने यो दशैंमा नयाँ नोट वितरण नहुन पनि सक्छ ।’ उहाँले भन्नुभयो ।

prabhu mahalaxmi
kumari