stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई जनरलको नाफा बढ्यो, ३० करोड ६२ लाख रुपैयाँ खुद बिमा शुल्क

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । १ फागुन २०७६, बिहीबार । आइएमई जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ६५ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १३.७०५ धेरै हो । गत वर्ष यसै बेला कम्पनीले ५ करोड ८५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि गत वर्षको भन्दा १५.७५५ले बढेर ३० करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष २६ करोड ४५ लाख ८५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस त्रैमाससम्म बिमा कोषमा २८ करोड ४३ लाख ६३ हजार रुपैयाँ छ । यो गत वर्षको भन्दा ३७.२०५ ले धेरै हो । गत वर्ष कम्पनीको बीमा कोषमा २० करोड ७२ लाख ५७ हजार रुपैयाँ थियो । यसले ११ करोड ६१ लाख १७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत वर्षको भन्दा ४६.०७५ ले धेरै हो । गत वर्ष यसको खुद दाबी भुक्तानी ७ करोड ९४ लाख ८९ हजार रुपैयाँ थियो ।
कुल दाबी भुक्तानी हुन बाँकी रकम ७६ करोड ८२ लाख ५५ हजार रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा १९ करोड ९० लाख ३८ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३६ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari