stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुरियर डे सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुरियर व्यवसायीहरूको छाता सगंढन नेपाल कुरियर सेवा संघ (कोसान) ले २६औँ कुरियर डे मनाएको छ । कोभिड महामारीका कारण प्रविधि प्रयोग मार्फत साधारणसभा औपचारिक रुपमा मात्र मनाइएको कोसानका अध्यक्ष गोविन्द ढुङ्गेलले बताए ।

अध्यक्ष ढुंगेलले सरकारले हुलाक सेवा प्राधिकरण गठन गर्ने घोषणा गरेपनि कार्यान्वयन नभएको गुनासो गरे । उनले वाणिज्यका सहयोगी कुरियर सेवा लकडाउन र निषेधाज्ञाका कारण धरासायी बनेको बताए ।
७७ वटै जिल्लामा हालको कठिन परिस्थितिमा समेतसेवा उपलब्ध गराउन कोसान सफल भएको संघको दावी छ । गत आवमा कुरियर सेवाले करिब ५ अर्बको कारोबार गरेको थियो । कुरियर सेवामा करिब ५ हजार व्यक्तिलाई रोजगार उपलब्ध गराएको संघले जनाएको छ ।

prabhu mahalaxmi
kumari