stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंक अफ काठमाण्डूले संस्थापक शेयर मंगलवारदेखि पुनः विक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयर भदौ ३० गते मंगलवारदेखि पुनः विक्रीमा आएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी प्रकृयाबाट पुनः विक्री गर्न लागेको हो ।

यस अघि भदौ १ गतेदेखि भदौ ८ गते अपरान्ह २ बजेसम्मको अवधि तोकिएकोमा उपत्यकामा भदौ १० सम्म जारी निषधाज्ञाका कारण भदौ १५ गते अपरान्ह २ बजेसम्मको अवधि थप गरिएको थियो ।

सो अवधिसम्म पनि उपत्यकामा निषेधाज्ञा जारी रहेकाले स्थगित गरिएको शेयर बैंकले असोज ४ गतेसम्मका लागि पुनः विक्रीमा ल्याएका हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगाएत ईच्छुक व्यक्ति तथा संगठित संस्थाले असोज ४ गते अपरान्ह २ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकको कार्यालय, नागपोखरी काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयरको न्यूनतम मूल्य रू। १४० तोकिएको हुदाँ सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

प्राप्त बोलपत्र असोज ५ गते विहान १०ः३० बजे विक्री प्रबन्धको कार्यालयमा खोलिनेछ । बोलकबोलमा शेयर विक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदन पर्न गई बाँडफाँट हुन बाँकी शेयर भन्दा बढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा बाँडफाँट गरिने बैंकले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari